राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

दर्पण दैनिक २२ पुष २०८०,१६:१०
post

काठमाडाैं । निर्वाचन आयाेगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेकाे छ । माघ ११ गते बिहीवार हुने निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा नामावली प्रकाशन गरेकाे हाे । 

सह-सचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ९३ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन् । सो अनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४९२९ र  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५२०६ गरी जम्मा १०१३५ मतभार कायम हुनेछ ।


मधेस प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या १०७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन् । सो अनुसार मधेस प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५६७१ र  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५०७३ गरी जम्मा १०७४४ मतभार कायम हुनेछ ।


बागमती प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ११० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २३७ गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन् । सो अनुसार बागमती प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५८३० र  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४५०३ गरी जम्मा १०,३३३ मतभार कायम हुनेछ ।


गण्डकी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ६० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७० गरी जम्मा २३० जना मतदाता कायम भएका छन् । सो अनुसार गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ३१८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ३२३० गरी जम्मा ६४१० मतभार कायम हुनेछ ।


लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २१८ गरी जम्मा ३०५ जना मतदाता कायम भएका छन् । सो अनुसार लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४६११ र  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४१४२ गरी जम्मा ८७५३ मतभार कायम हुनेछ ।


कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ४० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १५६ गरी जम्मा १९६ जना मतदाता कायम भएका छन् । सो अनुसार कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २१२० र  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार २९६४ गरी जम्मा ५०८४ मतभार कायम हुनेछ ।


सूदुरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन् । सो अनुसार कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २७५६ र  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ३३४४ गरी जम्मा ६१०० मतभार कायम हुनेछ ।


उल्लिखित मतदातामध्ये प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेकोले मिति २०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कूल मतभार २९०९७ र  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८४६२ गरी जम्मा ५७५५९ मतभार रहेको छ।


 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: