काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बनाउने सहमति गरेर पनि कांग्रेस र एमाले तर्सिएको बताएका छन् । एमालेले समर्थन फिर्ता लिएकै भोलिपल्ट विश्वासको मत लिन आफू तयार भएको उनले बताए ।
तर प्राविधिक तयारीका लागि समय चाहिने भएकाले १० दिनभित्र विश्वासको मत लिने निर्णय गरेको भन्दै उनले भने, ‘आपसी विश्वास कमजोर भएको हो कि षड्यन्त्र आफैँ कमजोर हुने भएको हो, तर्सिरहनु भयो ।’
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवातिर संकेत गर्दै उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले मलाई नैतिकताको पाठ पढाइरहनु भयो ।’
‘ती साथीहरूलाई यति भन्न चाहन्छु, यो संविधानको माओवादी केन्द्रको सबभन्दा ठुलो लगानी छ । त्यसले यसलाई माओवादीले कमजोर बनाउँदैन, बनाउन दिने पनि छैन,’ ‘प्रचण्ड’ले भने ।
उनले आक्रोशपूर्वक भने, ‘संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेँटी कसेर बचाइएको हो, आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google