विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशमा मध्यावधि निर्वाचन भए एमालेले थप १५ सिट जित्ने बताएका छन् ।
एमाले कोसी प्रदेश कमिटीका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको पदस्थापन समारोहमा भाग लिन आएका ओलीले विराटनगर विमानस्थलमा यस्तो बताएका हुन् ।
कोसी प्रदेशको राजनीतिक गतिरोध अन्त्य गर्नको लागि दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको उनले बताए ।
मध्यावधि निर्वाचन भए एमालेले थप सिट बढाउने दाबी गर्दै उनले भने, 'आज ४० सिट छ । मध्यावधि भयो भने थप १५ सिट बढ्छ ।'
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google