कास्की प्रहरीको हिरासतमै रास्वपाका शिर्ष नेताकाे छलफल

दर्पण दैनिक २६ कार्तिक २०८१,२०:०५
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग छलफल गरेका छन्  ।

उपसभापतिद्वय डीपी अर्याल,डा.स्वर्णिम वाग्ले र कार्यवाहक प्रवक्ता मनिष झाले सभापति लामिछानेसँग करिब ३० मिनेट प्रहरी कार्यालय भित्रै छलफल गरेका हुन् । छलफलमा लामिछानेले अनुसन्धानक्रममा सरकारले आफूमाथि गरेको प्रतिशोधपूर्ण व्यवहार बारे जानकारी गराएका थिए भने उपसभापतिद्धयले रास्वपाको चरणबद्ध आन्दोलन, उपनिर्वाचनको तयारी तथा पार्टीको आन्तरकि गतिविधीबारे जानकारी गराएको उपसभापति अर्यालले बताए । 

अर्यालयका अनुसार हिरासतबाट सभापति लामिछानेले रास्वपा माथि साँधिएको राजनीतिक प्रतिशोधबारे नागरिकलाई बुझाउन रास्वपाका सबै तहका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उपनिर्वाचनका रणनीतिमा समेत सभापतिले केहि निर्देशन दिएका छन् ।  

सभापतिसँगको छलफलपछि उपसभापति वाग्लले प्रतिशोध साध्नकै लागि सभापतिलाई अनावश्यक हिरासतमा राखिएको पुष्टि भएको दाबी गर्दै रास्वपाको अभियानलाई व्यापक बनाउने बताए । उनले भने, ‘हामीले न्यायिक अनुसन्धानको विरोध गरेका छैनौं । हाम्रो विधिको शासनमा आस्था पनि छ । अति नै भयो । रविजी र रास्वपाप्रति सहानुभूति बढेको छ । अहिले सरकारले राजनीतिक प्रतिशोध राखेको हो । हाम्रो आन्दोलन जारी नै छ । यो अभियानलाई अझै व्यापक बनाउँछौं । ’

सुरुमा उपसभापतिद्वय अर्याल र वाग्ले मात्रै सहभागी छलफलमा पछि कार्यवहाक प्रवक्ता समेत रहेका केन्द्रिय सदस्य मनिषा झा पनि जोडिएका थिए । बैठकपछि झाले सभापतिसँग केहि महत्वपुर्ण छलफल भएकाले पहिले पार्टीमा छलफल गरेर पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताए । 

'राज्यले सभापति माथि गरको प्रतिशोधपूर्ण व्यवहार र बैठकमा भएको आगामी कदमबारे बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौँ', कार्यवहाक प्रवक्ता झाले भने । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: