काठमाडौं । किसान नेता भीमदत्तका अधुरा सपना पूरा भएमात्रै नेपाली किसान आन्दोलन सफल हुने वक्ताहरुले बताएका छन् । भीमदत्त पन्तको स्मृति दिवसको अबसरमा आयोजित कार्यक्रमको बक्ताहरुले कृषि क्रान्ति सफल भएमात्रै सबै वर्ग जाति र क्षेत्रको मुक्त हुने बताए । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले मंगलबार संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुनिल कुमार मानन्धरले भीमभत्त पन्त नेपाली किसान आन्दोलनको लागि प्रेरणास्रोत भएको बताउँदै अधुरो सपना पूरा गरेमात्रै मुक्ति पाइने बताए । उनले सहिदहरुले देखाएको बाटो अगाडि बढ्नुपर्ने बताए ।
“भीमदत्त पन्त किसान आन्दोलनको प्रेरणाको स्रोत हो । उहाँले त्यो बेला उठाएको किसानका समस्या अहिले पनि उस्तै छन् । व्यवस्था फेरिएपनि किसानको अवस्था फेर्नुपर्ने अवस्था छ । भीमदत्तले देखाएको बाटोमा हिँडेमात्रै किसानको मुक्ति हुन्छ” मानन्धरले भने । महासंघको अध्यक्ष चित्रबहादुर श्रेष्ठले भीमदत्तको जीवन प्रस्तुत गर्दै उहाँको संघर्षले किसान आन्दोलनलाई नयाँ उचाई उठाएको बताए । श्रेष्ठले पन्तले उठाएको किसान आन्दोलनको उत्तराधिकारी आफूहरको संगठन भएको बताउँदै पन्तले देखाएको बाटोबाटै किसानको मुक्ति हुने बताए ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सेसुराम भण्डारीले भीमदत्तलाई किसानहरुले युगौंयुगसम्म सम्झिरहने बताउँदै किसान संघर्षको लागि प्रेरणाको स्रोत बनेको बताए । चलचित्र ‘भीमदत्त’ नायक तथा निर्माता नवल खड्काले भिमदत्त पन्तको जीवन र बलिदानलाई सम्झेर आफु निकै रोएको बताए । “म उहाँको बलिदान उहाँको परिवार र उहाँको जीवनीलाई सम्झेर धेरै रोएँ । राज्यले भीमदत्तजस्तो व्यक्तिलाई राष्ट्रिय सम्मान दिनुपर्छ र उहाँलाई सहिद घोषणा गर्नु पर्छ । यसैको लागि भएपनि मैले चलचित्र बनाउनु पर्छ जस्तो लाग्यो” खड्काले भने ।
कार्यक्रममा महासंघका उपाध्यक्ष पन्तले देखाएको बाटोमा आफूहरु निरन्तर अगाडि बढेको बताउँदै किसान आन्दोलन सफल नभएसम्म हजारौं भीमदत्त जन्मिरहने बताए । कार्यक्रमका संचालक तथा महासंघका महासचिव नहेन्द्र खड्काले कृषि क्रान्ति, किसान संघर्ष, सामाजिक न्याय र समाजवाद पुग्न भीमदत्त जस्ता योद्धाले देखाएको बाटोबाट मात्रै सम्भव भएको बताए । खड्काले भीमदत्ताका सपना पूरा भएमात्रै नेपाल कृषि क्रान्ति हुने दाबी समेत गरे । कार्यक्रममा महासंघको हालै सम्पन्न केन्द्रीय सचिवालयको प्रथम विस्तारित बैठकले गरेका निर्णयको जानकारी समेत दिइएको थियो ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)




































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google