
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरले आफ्नो नियमित कार्यसम्पादनमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिएको छ । विमानस्थल सुरक्षामा खटिएका कर्मचारीहरूको दैनिक कार्यसम्पादनको मूल्याङ्कन गरी कदर स्वरूप प्रदान गरिने 'बेस्ट पुलिस अफ द डे' (BEST POLICE OF THE DAY) अन्तर्गत जेठ १३ गते मंगलबार प्रहरी सहायक हवल्दार विष्णु प्रसाद गुप्तालाई उक्त उपाधि प्रदान गरिएको हो ।
सुरक्षा कार्यालयका अनुसार विमानस्थलको संवेदनशीलता र सुरक्षा चुस्ततालाई ध्यानमा राख्दै दैनिक रूपमा प्रहरी कर्मचारीहरूको कामको स्तर, अनुशासन र जिम्मेवारीवहनको मूल्याङ्कन गर्ने गरिन्छ । सोही मूल्याङ्कनका आधारमा आजको दिनभरिको कार्यसम्पादनमा प्रहरी सहायक हवल्दार गुप्ताको भूमिका सबैभन्दा उत्कृष्ट र उदाहरणीय पाइएकाले उनलाई यो सम्मानका लागि छनोट गरिएको सुरक्षा कार्यालयले जनाएको छ ।
कार्यस्थलमा खटिने प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउन र आफ्नो जिम्मेवारीप्रति थप जिम्मेवार बनाउन यो पुरस्कारले महत्त्वपूर्ण भूमिका खेल्दै आएको विमानस्थल प्रहरीको विश्वास छ । आफ्नो दैनिक कर्तव्यलाई कुशलतापूर्वक निभाएर पुरस्कृत हुन सफल भएका प्रहरी सहायक हवल्दार विष्णु प्रसाद गुप्तालाई विमानस्थल सुरक्षा कार्यालयले हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्यको निरन्तरताका लागि शुभकामना व्यक्त गरेको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)







































































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)






प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google