काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा दुई जना थपेको छ । ओखलढुंगाका बाबुराम गौतम र सप्तरीका अशोककुमार मण्डललाई केन्द्रीय समिति सदस्यमा ल्याएको हो ।
गौतमले कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएर आर्थिक मामिला तथा योजनामन्त्री बनेकाले उनलाई केन्द्रीय समितिमा पुनः ल्याइएको पार्टी महासचिव देव गुरूङले जानकारी दिए ।
यस्तै, मण्डल पनि गत प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–१ बाट बागी उम्मेदवारी दिएपछि अनुशासनको कारबाहीमा परेका थिए । कारबाही फुकुवा भएपछि स्वतः केन्द्रीय सदस्य भएका हुन् । योसँगै माओवादी केन्द्रीय समिति ४ सय ११ सदस्यीय भएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google