भाषा, संस्कृति संरक्षणमा प्रदेश सरकारले जोड दिएको छ : मुख्यमन्त्री लामा

दर्पण दैनिक १२ माघ २०८१,१९:३९
post

ललितपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले भाषा, संस्कृतिको संरक्षणमा प्रदेश सरकारले जोड दिएको बताएका छन्। नेपालभाषा मंकाः खलः यलद्वारा आज यहाँ आयोजित वार्षिक साधारणसभा एवं सत्यमोहन जोशी नेपालभाषा साहित्य पुरस्कार वितरण समारोहमा मुख्यमन्त्री लामाले भाषा र संस्कृति समाजको पुँजी भएकाले यसको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।

‘नेपालको मातृभाषा, संस्कृति संरक्षणका लागि संविधानले धेरै विषय सुनिश्चितता गरेको छ, जातजाति र जनजातिका लागि अवसर सृजना गरेको छ’, उनले भने, ‘बागमती प्रदेशले पनि भाषा ऐन निर्माण गरी जनजातिको पक्षमा काम गरिरहेको छ ।’ उनले कानुन निर्माण भए पनि नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयनमा क्रममा जटिलता सिर्जना भए पनि शुक्रबार मात्रै मन्त्रिपरिषद्को बैठकले सहजीकरण गर्न व्यवस्था गरेको उल्लेख गरे ।


मुख्यमन्त्री लामाले सत्यमोहन जोशी नेपाल भाषा साहित्य पुरस्कार भाषा र संस्कृति जोगाउने काम गर्नेका लागि सम्मान भएको बताए । ‘नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयनका लागि जोड दिइनेछ, मातृभाषाको अस्पस्टताका कारणले गर्दा विगतमा धेरैका नामहरु बिग्रिएको अवस्था थियो, अब त्यो समस्या समाधान हुन्छ, सरकारी कामकाजमा निर्धक्कका साथ नेपाल भाषा र तामाङ भाषालाई प्रयोग गर्न सकिन्छ, भाषा सिकाउन आवश्यक बजेट विनियोजन गरिएको छ’, उनले भने । त्यसअवसरमा भाषासाहित्यको क्षेत्रमा निरन्तर योगदान गर्दै आएका भाषासेवी तिलकप्रसाद कायस्थलाई रु ५१ हजारसहित सत्यमोहन जोशी नेपालभाषा साहित्य पुरस्कार प्रदान गरिएको थियो ।

त्यसअवसरमा बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले नेपालको भाषा आन्दोलनमा मंकाः खलःको महत्वपूर्ण भूमिका रहेको बताए । उनले भाषिक आन्दोलनले भाषा, संस्कृतिको संरक्षणका लागि मात्रै नभई राजनीतिक परिवर्तनका लागिसमेत सहयोग पुर्‍याएको बताए । चित्रकारले सत्यमोहन जोशी, पद्मरत्न तुलाधरलगायतको योगदानले नेपालको भाषिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै भाषिक आन्दोलन पहिचानको आन्दोलन भएको बताए । उनले भाषा नरहे जाति रहँदैन भन्दै नेपाल भाषा मंकाः खलःलाई बागमती प्रदेश सरकारका लागि नेपालभाषाको स्रोत केन्द्रका रुपमा सहयोग पुर्‍याउन सक्नेगरी नेपाल भाषा मंकाः खलःलाई विकास गरिनुपर्ने बताए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: