
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुइरेचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। हेलिकप्टरमा क्याप्टेन अरुण मल्ल र ४ चिनियाँ पर्यटक सवार थिए बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीतर्फ उडेको एअर डाइनेस्टीको नाइन एनएजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो ।
यो हेलिकप्टर काठमाडौंबाट १ बजेर १४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ ।
‘चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ,’ उनले भने, ‘दुई जना पुरूष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले अहिले पहिचान हुन सकेको छैन ।’
मृत्यु भएकाहरूको पहिचान खुलिसकेको छैन । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, प्रहरीहरू पनि पुगिसकेका छन् ।










































































































































































































































































.jpg)















































































































































.jpg)









































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google