काठमाडौं । जनमत पार्टीले मधेसका ६ जिल्लामा आफ्नो पार्टीको इन्चार्ज तोकेको छ । जिल्लामा पार्टीको काम–कारबाही अगाडि बढाउन र संगठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इन्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।
पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाको इन्चार्ज तोकिएको अध्यक्ष सीके (चन्द्रकान्त) राउतले जानकारी दिए । उनका अनुसार पर्सामा माधवप्रसाद सिंह इन्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिएका छन् ।
यसैगरी, रौतहटमा वृजकिशोर यादव, सर्लाहीमा श्रीचनराय यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इन्चार्ज तोकिएको सो पार्टीले जनाएको छ । रासस