
काठमाडौं । राप्रपामा केही विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरुको मनोनयन गरिकाे छ । पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले विभागका प्रमुहरुको जिम्मेवारी हेरफेर र मनोनयन गरेका हुन् ।
जसअनुसार, संगठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सुचना प्रविधि विभाग(आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धबराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने रहेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google