
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य टोपेन्द्र केसीलगायत विभिन्न पार्टी परित्याग गरेर एक हजार तीन सय जना नेता कार्यकर्ताहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
शुक्रबार दाङ क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा एक हजार तीन सयभन्दा धेरै नेता कार्यकर्ताहरु एकीकृत समाजवादी प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले नव प्रवेशी नेताहरूलाई पार्टीमा स्वागत गरे ।
पूर्वमन्त्री एवं लुम्बिनी प्रदेशका सहइन्चार्ज मेटमणी चौधरीको निर्वाचन क्षेत्रसमेत रहेको लमहीमा हजारौंको संख्याको उपस्थिति रहेको थियो। दाङ निर्वाचन क्षेत्र नम्बर १ देउखुरीमा पार्टीको भेलामा एक हजार भन्दा धेरै युवा तथा नेता–कार्यकर्ता समाजवादीमा प्रवेश गरेको सांसद चौधरीले बताए ।
चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरहेको बताए । गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरू निरन्तर असफल भइरहेको उनको भनाइ थियो ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google