
काठमाडौँ । गोली प्रहार गरेर नेपाल प्रहरीले बालकुमारीबाट तीन युवकलाई पक्राउ गरेको छ। शनिबार अपराह्न नेपाल प्रहरीको लागूऔषधि नियन्त्रण ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका–३२ स्थित बालकुमारी पुलमुनीबाट तीन युवकलाई पक्राउ गरेको हो । ब्युरोको टोलीले सुरक्षा जाँचका क्रममा एक युवक भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ।
प्रहरीले गोली चलाउँदा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरीप्रसाद ओझैयासँगै तीन युवकलाई पक्राउ गरेको छ। किशोरीको दाहिने खुट्टाको पिडौँलामा गोली लागेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिने क्रममा लागूऔषध ब्राउन सुगरसहित भाग्न खोजेपछि गोली चलाएको प्रहरीको भनाइ छ। तीनै जनाबाट २९६ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।















































































































































1667912853.jpg)















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)




















































































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)


















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google