प्रश्न गरेर आफ्नाे जवाफ नसुनी कार्यक्रमस्थलबाट बाहिरिएको भन्दै मेयर बालेनप्रति  प्रधानमन्त्रीको आक्रोश

दर्पण दैनिक २ पुष २०८०,१७:२४
post

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)प्रति असन्तुष्ट देखिएका छन् । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले आफ्ना कुरा नसुनी मेयर बालेन कार्यक्रमस्थलबाट बाहिरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

'अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई पहिले बोलेर हिड्नेसँग पनि अलेलि इरिटेसन हुन्छ,' प्रधानमन्त्रीले भने, 'आफूले भन्ने कुरा जे छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।'

आफूले मेयर बालेनका काममा समन्वय गरेको भए पनि उनले त्यसबारेमा नबोलेको भन्दै प्रधानमन्त्री आक्रोशित देखिए ।


'उहाँले भन्नुभो, यहाँबाट निक्लनेबित्तिकै हुन्छ । म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने– बालेन्द्रजी, तपाईंले चाहे त्यो वाग्मतीमा हस्तक्षेपको कुरालाई लिएर होस् या तिनकुनेको कुरालाई होस् । चाहे फोहोरमैला व्यवस्थापनका निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्नेबारेमा कतिपटक सिंहदरबारमा बैठक भयो ?,' प्रधानमन्त्रीले प्रश्न गरे, 'के अहिलेको प्रधानमन्त्रीजत्तिको सकारात्मक, रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अरू कसैले कहीँ देख्नुभएको छ ?' प्रधानमन्त्री प्रचण्डले ‘काम गर्न बलचाहिँ गरिरहेको भन्न केले रोक्यो ?’ भन्दै प्रश्न पनि गरे ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: