काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकका लागि सम्भावित दुई वटा कार्यसूची तय छन् । जसमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले मौखिक जवाफ दिने कार्यसूची रहेको छ ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको १५औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google