यो अन्तिम उपलब्धि होइन : सुमना श्रेष्ठ

दर्पण दैनिक २४ फाल्गुन २०८०,१०:३७
post

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्री पदमा भएको आफ्नो नियुक्तीलाई अन्तिम उपलब्धि नभइ सुरुवात भएको बताएकी छन् । सामाजिक सञ्जालमा शपथ ग्रहण गर्दा वाचन गरेको सामग्रीको तस्विर शेयर गर्दै मन्त्री श्रेष्ठले लेखेकी छिन्– ‘विगत चौध महिनामा यहाँहरूले दिनु भएको साथ, सहयोग र विश्वास निम्ति अनुग्रहित छौँ । तपाईँहरूकै कारण आज प्रश्न गर्ने ठाउँबाट काम गर्ने ठाउँमा आइपुगेका छौँ ।’


‘हामीले प्रश्न गरिरहँदा हाम्रो मूल मन्त्र थियो– प्रश्न सही भए उत्तर त्यहीँभित्र लुकेको हुन्छ । त्यसैकारण हामीले सही प्रश्न पहिल्याउन नै अथक मिहिनेत, लगनशील, अध्ययन र इमानदार प्रयास गरिरह्यौँ । समस्या पहिल्याउने प्रतिबद्ध प्रयास गर्दा–गर्दै समाधान पनि त्यहीँ कतै भेटिन्थ्यो, मन्त्री श्रेष्ठले लेखेकी छिन्– ‘आगामी दिनमा पनि हाम्रो कार्य शैली यस्तै रहने छ । सतही विश्लेषण र लोकप्रिय समाधानमा केन्द्रित नरहेर हामी समस्याको जरासम्म पुग्ने प्रयास गर्नेछौँ र प्रश्नको उत्तर खोज्ने छौँ, समाधान पहिल्याउने छौँ ।’

‘सांसदका रूपमा काम गरिरहँदा जसरी हामी सरोकारवाला र आम नागरिकको अर्थपूर्ण सहभागिता, पारदर्शिता र अपनत्वलाई केन्द्रमा राख्थ्यौँ, त्यही कार्य शैली अब पनि अपनाउने नै छौँ, मन्त्री श्रेष्ठले भनेकी छिन्– ‘हामीले हाम्रै देश बनाउनका लागि काम गर्ने हो । सजिलो बाटो त पक्कै छैन, तर सबै जनाको साथ, सहयोग र सहकार्यमा पक्कै पनि हामी त्यहाँ पुग्नेछौँ ।’

मन्त्री श्रेष्ठले आफूहरुले बोकेको लक्ष्यमा काम गर्दै गर्दा वर्तमान समयमा नेपालमा शिक्षाको आधारभूत अवस्था कस्तो छ भनेर बुझ्न आवश्यक रहेको बताउँदै भनेकी छिन्– ‘मुलुकको आर्थिक अवस्थाका कारण हामीसँग पर्याप्त स्रोत नभएकाले उपलब्ध स्रोत शिक्षाको क्षेत्रमा कहाँ–कहाँ र कस्तो–कस्तो लगानी गर्ने भन्ने विषयमा हामी अत्यन्त सचेत हुनुपर्छ ।’

‘कृपया हामीलाई त्यस दिनमात्र वधाई दिनुहोला, जुन दिन हाम्रो काम देखिन थाल्ने छ । जुन दिन शिक्षा, विज्ञान तथा प्रविधिका क्षेत्रमा हाम्रा उपलब्धिहरू वधाईका पात्र बन्ने छन् । अहिलेलाई तपाईँहरूको शुभेच्छा र शुभकामना आवश्यक छ । हामीले देखेको सपना पूरा गर्न र गन्तव्यसम्म पुग्नका लागि हामीलाई निरन्तर तपाईँहरू सबै नागरिकको साथ र कर्मचारी संयन्त्रको सहयोग चाहिन्छ, उनले भनेकी छिन् ।

‘आजको दिनमा एउटै कुरा खट्किरहेको छ, मैले मेरी माँ (हजुर आमा) लाई यो क्षणको साक्षी राखेर उहाँको आशीर्वाद लिन पाएको भए….’, भावुक हुँदै उनले आफ्नो भनाइ टुंग्याएकी छिन् ।

मन्त्री श्रेष्ठले बिहीवार बिहानै गरेको दोस्रो ट्वीटमा लेखेकी छिन्– ‘आजदेखि साँच्चै नै हाम्रो परीक्षा सुरु भएको छ । देशको शिक्षा क्षेत्रलाई कहाँ, कता, कुन दिशा तर्फ लैजाने भन्ने बारे धेरै नै काम गर्नुपर्नेछ। जति हामीलाई काम गर्ने उत्सुकता छ, त्यति नै हामीलाई यहाँको निरन्तर साथ को पनि आवश्यकता पर्नेछ ।’

‘सधैँ जनता माझ हुने हाम्रो प्राथमिकता हिजो एउटा सांसदका रूपमा पनि थियो र आज एउटा मन्त्रीका रूपमा पनि रहनेछ । हामीलाई आफ्ना सल्लाह, सुझाव, गुनासा राख्दै गर्नुहोला। यसको लागि हामी एउटा विशेष कार्यतालिका नै बनाउँदैछौँ। अन्तरक्रिया र सल्लाह सुझाव सकेसम्म अनलाइनबाट गर्नेछौँ ।

साथै, अहिले बधाई भन्दा पनि तपाईँहरूको शुभकामनाको खाँचो छ। अहिले डटेर काम गर्ने मौका दिनुहोस्, बधाईको लागि पनि पछि कार्यतालिका नै बनाउँला। भेट्न इच्छा गर्नुभएका सम्पूर्णका निम्ति हामीले शुक्रवार ३(५ बजे छुट्ट्याउने गरि कार्यतालिका बनाउँदैछौँ। हाम्रो सचिवालय प्रशासनको कार्यसम्पादनलाई पनि सबल बनाउन तपाईँको सहयोग चाहिन्छ। औपचारिकतामा रुमल्लिएर बस्ने छुट यो देशसँग छैन।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: