
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला कार्यालयले काठमाडौँमा श्रीमतीको हत्या आरोपमा पक्राउ परेका 'नेपाली ब्रो' उपनामले चिनिने रेस्लर कुमार थापा आफ्नो पार्टीको सदस्य नरहेको स्पष्ट पारेको छ।
शनिबार (जेठ २५ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेलले सामाजिक सञ्जालमा प्रचार गरिएको थापाको पार्टी सदस्यता कार्ड पूर्ण रूपमा नक्कली भएको जानकारी दिएका हुन् ।
जेठ २२ गते काठमाडौँमा आफ्नी श्रीमतीको हत्या गरेको आरोप लागेका कुमार थापा रास्वपाको सक्रिय सदस्य रहेको भन्दै सामाजिक सञ्जालमा सदस्यता कार्डको फोटो भाइरल भएपछि पार्टीले यस्तो स्पष्टीकरण दिएको हो।
विज्ञप्तिमा भनिएको छ: "विदुर–४ मा कुमार थापा नाम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको कोही पनि सदस्य नभएको अवगत गराउँदछौँ। फेसबुकमा हालिएको कार्डमा २०८३/०२/२२ गते सदस्यता लिएको र सदस्य नं. JJR2ख-000३२२४८६७ लेखिएको छ। तर, नुवाकोटमा हाम्रो पार्टी सदस्यता नम्बरमा NUW 2 ख - 0000 लेखिएको हुन्छ।"
पार्टीले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई सत्यतथ्य बुझेर मात्र समाचार वा सूचना सम्प्रेषण गर्न र यस्ता तथ्यहीन एवं भ्रामक समाचारको पछि नलाग्न सम्पूर्ण पार्टी सदस्य तथा शुभचिन्तकहरूमा विनम्र अनुरोध समेत गरेको छ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)


















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google