प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने कुरामा कुनै शंका छैन : एमाले नेता पोखरेल

दर्पण दैनिक २६ फाल्गुन २०८०,१७:०३
post

काठमाडौं  । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत पाउने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले एक सय ५० भन्दा माथिको सङ्ख्यामा विश्वासको मत पाउने दाबी गरेका हुन् । 

‘विश्वासको मत पाउने कुरामा कुनै शंका छैन । विश्वासको मतको सुनिश्चितता छ । अहिले सरकारमा सहभागी दलहरूको सङ्ख्याको आधारमा पनि पुग्छ । अरू थप नयाँ दलहरूसँग पनि कुरा हुँदैछ । एक सय ५० भन्दा माथिको सङ्ख्यामा यो सरकारले मत पाउँछ,’– उनले भने । 

साथै, कांग्रेस–माओवादी नेतृत्वको सरकारले पछिल्लो एक वर्षमा एउटा कानुन बनाउनेबाहेक केही काम गर्न नसकेको उनले टिप्पणी गरे । नेता पोखरेलले अघिल्लो सरकारले विभिन्न आरोपमा मुछिएका मन्त्रीहरूलाई जोगाउने बाहेक कुनै काम नगरेको दाबी गरे । जटिल अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थीहरूको ध्रुवीकरण हुने गरी नयाँ गठबन्धन र सरकार बनाउने निर्णय गरेको उनको भनाइ छ । उनले अहिलेको यथास्थितिलाई तोड्न नयाँ बनेको सरकारले उल्लेखनीय कार्य गर्ने विश्वास व्यक्त गरे । 

नेता पोखरेलले संविधानमा तीन खम्बे अर्थ नीति भनेर सहकारीलाई पनि स्थान दिइएपनि नियमन प्रणाली कमजोर हुँदा समस्या पैदा भएको बताए । सहकारी समस्याबारे छानबिन गर्न सरकारले खुट्टा नकमाउने उनको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै उनले वर्तमान सरकारको मन्त्रिमण्डलमा रहेकादेखि जोकोही दोषी भए पनि कारबाहीको दायरामा ल्याउन अहिलेको सरकार लाग्ने दाबी गरे । 

‘यसमा विभिन्न तहका नेताहरूको पनि हामी कुरा सुनिरहेका छौँ । प्रहरीले यसमा अनुसन्धान गरेको छ । अनुसन्धान अधिकारीहरूले यसमा गम्भीरतापूर्वक छानबिन गरेका छन् । यो सरकारले खुट्टा कमाउने छैन ।’ उनले भने, ‘यो मन्त्रिमण्डलमा रहेका हुन् वा जोसुकै पनि दोषी छन् भने त्यसलाई कारबाहीको दायरामा ल्याउन अहिलेको सरकार लाग्नेछ ।’ 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: