
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनमा आफूलाई मतदान गर्ने मतदाताप्रति कृतज्ञता व्यक्त गरेको छ । रास्वपाका स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले मतादातासँगै निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि धन्यवाद व्यक्त गरेका छन् ।
उनले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा लोकतन्त्रको महत्वपूर्ण अंगका रूपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
'नागरिक मताधिकारको अभ्यासमा मतदाताहरुमा वितृष्णा तथा निराशा देखिएको छ । यसतर्फ संवेदनशील भई मतदातालाई मतदानमा सहभागी हुन प्रेरित गर्नका साथै निर्वाचित जनप्रतिनिहरूले निभाउनुपर्ने भूमिका र गर्नुपर्ने कार्यसम्पादनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी सचेत रहेको छ', विज्ञप्तिमा उल्लेख छ ।
'राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी भएको यो पहिलो अवसर थियो । तसर्थ हाम्रा लागि यो चुनाव एक नयाँ अनुभवका रुपमा रह्यो । काठमाडौं महानगरपालिका वडा नं.१६ मा वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठको विजयले महानगरमा हामीले एक महिला वडाध्यक्ष प्रवेश गराउन सफल भएका छौं', विज्ञप्तिमा अगाडि भनिएको छ, 'लोकतान्त्रिक व्यवस्थालाई अभ्यास गर्ने एक महत्वपूर्ण स्तम्भका रुपमा रहेको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित रूपमा सम्पन्न गर्न सकिए मात्र लोकतन्त्रको आत्मा र लोकतन्त्रप्रति नागरिकको विश्वास कायम रहने भएकाले यसतर्फ सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दै पुन: निर्वाचन सञ्चालनका सम्पूर्ण साझेदारहरुप्रति हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छौँ ।'


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)





































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google