
काठमाडाैं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौँ) मा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एक जना मात्र बाँच्न सफल भएका छन् ।
प्रहरीका अनुसार जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको हो । मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको हो ।
दुर्घटनामा को पाइलट एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको मृत्यु भएको हो ।
दुर्घटनामा विमान चालक (पाइलट) मनीष शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरिएको हो । उनको हाल केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । आँखामा चोट लागेको उनी बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google