काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोसी प्रदेशमा नेकपा (एमाले)सँग मिलेर सरकार बनाउँदा ‘रोइलो गर्ने’हरू नै अहिले सोही पार्टीसँग मिल्न लागेको बताएका छन् । राष्ट्रियसभामा एमालेलाई पनि भाग लगाउने विषयमा बुधबार छलफल भएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
उनले कसैलाई संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा बच्न त कसैलाई काण्डहरूबाट जोगिन एमालेको साथ चाहिएको उल्लेख गरेका छन् ।
'हिजो कोसीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्,' डा. शेखरले सामाजिक सञ्जालमा लेखका छन्, 'कारण स्पष्ट छ, सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले, एक/दुई सिटका लागि जे पनि हस् ? यदि, यसो हैन भने केन्द्र र सबै प्रदेशमा एमाले पनि सरकारमा आए भैगो । किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु ?'


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google