काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको विषयमा सरकारलाई प्रश्न गरेको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले घिसिङलाई शून्य अंक दिइएको विषयमा सभामुखमार्फत रुलिङ गर्नुपर्ने माग गरे ।
‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने कुरा मूल्यांकनमा शून्य अंक आएको सुनेका छौँ,’ उनले भने, ‘सरकारले उठाइरहेको विषयवस्तुलाई बेवास्ता गरेर जसले राम्रो काम गरेको छ, संस्थालाई नाफामा लगेका छन्, उनलाई शून्य अंक दिएको यो के हो ?'
उनले बिचौलियाको पक्षमा सरकार रहेको आरोप लगाए । कुलमानलाई नहटाउन गम्भीर खबरदारी गर्ने पाण्डेले बताए । सभामुखबाट रुलिङ नभएसम्म विरोध जारी राख्ने उनले बताए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google