युरोप भ्रमणबाट फर्किएका माधव नेपालले भने, - 'राजाले गिरफ्तार गर्दाखेरी त म नभाग्ने मान्छे'

दर्पण दैनिक २९ श्रावण २०८०,११:४६
post

अदालतको आदेश आउनु र युरोप भ्रमण तय हुनु संयोग मात्र हाे, छानबिनमा सहयोग गर्न तयार छु : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणको छानबिनमा आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । युरोप भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले ललिता निवास जग्गा प्रकरणमा छानबिन हुनुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने बचन दिएका हुन् ।

‘ललिता निवास जग्गा हिनामिना प्रकरणको छानबिन होस्। मेरो तर्फबाट सहयोगी भूमिका हुनेछ,’ उनले भने । अध्यक्ष नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको दावी गरे । ‘बिराएको छैन। कुनै बदमासी पनि गरेको छैन । लेनदेन गरेको छैन । आत्तिएको छैन, ‘उनले भने, ‘चित्त दुखेको छ । केही गरौंला भन्यो अब के पो होला भन्ने स्थिति भयो ।’

उनले भ्रमणमा जानु एकदिन अघि सर्वोच्च अदालतले ललिता निवास जग्गाको छानबिन प्रक्रिया अघि बढाउनु भनेर आदेश आएको बताए । उनले अदालतको आदेश आउनु र युरोप भ्रमण तय हुनु संयोग मात्र भएको बताए ।

नेपालले आफू प्रधानमन्त्री हुँदा कतिपय जग्गासम्बन्धी निर्णय भएको तर भ्रष्टाचार नगरेको जिकिर गरे । ‘ललिता निवास जग्गा प्रकरणमा छानबिन प्रक्रिया अगाड बढाउनु भनेर सर्वोच्च अदालतबाट निर्णय भएको रहेछ । युरोप भ्रणमण पनि त्यही बेला निश्चित भयो । प्रधानमन्त्री हुँदाखेरी कतिपय जग्गासम्बन्धी निर्णयहरू भएका थिए । त्यसैमा जोडेर मेरो बदनाम गर्न खोजियो,’उनले भने, 'माधव नेपाल भाग्यो भनेर चर्चा पनि गरियो । राजाले गिरफ्तार गर्दाखेरी त म नभाग्ने मान्छे । अपराध नगरेको, भ्रष्टाचार नगरेको म किन भाग्थे । बरु भ्रमण छोट्याएर आएँ ।’ नेपालले सबै विषयको कानुनी प्रक्रिया हु्ने र ललिता निवास जग्गा प्रकरणमा पनि कानुनले प्रष्ट्याउने बताए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: