उपनिर्वाचनमा एकीकृत समाजवादीले कसलाई सघाउदै छ ?

दर्पण दैनिक २० चैत्र २०७९,१६:२८
post

काठमाडौं । सत्ता गठबन्धनमा रहेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरूलाई मत दिन निर्देशन दिएको छ ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले बारा–२, चितवन–२ र तनहुँ–१मा गठबन्धनका साझा उम्मेदवारलाई मत दिन निर्देशन दिने निर्णय गरेको उपमहासचिव गंगालाल तुलाधरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले आफ्ना उम्मेदवार उठाएको छैन ।

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९