
काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासंघले १३४ औं मई दिवस मनाउने भएको छ । सोमबार जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी श्रमिक दिवस मनाउन लगिएको हो । उक्त अवसरमा विभिन्न क्षेत्रका श्रमिकहरु समाजवादी ट्रेड युनियन महासंघमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । महासंघले सबै प्रदेशमा श्रमिक दिवस मनाउने कार्यक्रम रहेको छ । कार्यक्रम बिहान ११:३० बजे सुरु हुने छ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google