काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु चुनावलक्षित घोषणापत्र सार्वजनिक गरेको छ । संगठनको अनामनगरस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीलगायतका नेताले घोषणापत्र सार्वजनिक गरेका छन् ।
अनेरास्ववियू ‘मिसन स्ववियु, भिजन २४’ को नारा लिएर चुनावमा होमिएको अध्यक्ष पराजुलीले बताए । अनेरास्ववियूले विश्वविद्यालय सुधारका लागि २२ बुँदे शैक्षिक एजेण्डालाई घोषणापत्रमार्फत् अघि सारेको छ ।
सो संगठनले राज्यको कूल बजेटको कम्तीमा २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्ने, समयसापेक्ष शैक्षिक क्यालेन्डर बनाई अनिवार्य कार्यान्वयन गरिनुपर्ने, निजी शैक्षिक संस्थालाई सम्बन्धन दिन बन्द गर्नुपर्नेजस्ता एजेण्डा अघि सारेको छ । विद्यार्थीलाई रासन कार्ड, उच्च शिक्षा अध्ययनका लागि विना धितो र विना व्याज कर्जा, मेडिकल शिक्षा सर्वसुलभ र सहज हुनुपर्नेजस्ता माग पनि अनेरास्ववियूले उठाएको छ । अनेरास्ववियूले १७ बुँदे प्रतिबद्धता अघि सारेको छ ।
घोषणापत्रको पूर्णपाठ : https://drive.google.com/file/d/1HXJhcdmkMOncYn-TmBFo2NDMruknpKXv/view