
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेन–जी आन्दोलन उग्र बनेपछि ओली राजीनामा दिन बाध्य बनेका हुन् । सोमबार जेन–जीको आन्दोलनमा सरकारले बर्बर दमन गरेको थियो ।
त्यस क्रममा १९ जनाको हत्या भएको छ भने सयाैँ घाइते भएका छन् । आन्दोलनको दोस्रो दिन आज प्रदर्शनकारीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र संसद भवनसमेत कब्जा गरिसकेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google