बाँदरलाई आहारा खुवाउने एकीकृत समाजवादीका नेता उप्रेती सम्मानित

दर्पण दैनिक १७ असार २०८०,०९:२६
post

सर्लाही । लायन्स अन्तर्राष्ट्रियको सप्ताहव्यापी सामाजिक सेवा कार्यक्रमअन्तर्गत सर्लाहीको हरिवनस्थित लायन्स क्लब काठमाडौं-सर्लाहीले तीनवटा कार्यक्रम सम्पन्न गरेको छ ।  यस अवसरमा बाँदरलाई आहारा खुवाउने तथा वन्यजन्तु संरक्षणमा योगदान गर्नेलाई सम्मान, गुम्बा सफाई र पिउने पानी वितरण गरिएको क्लबका अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिए ।

सर्लाहीका मूर्तिया जंगलमा बाँदरलाई आहारा खुवाउनुका साथै वन्यजन्तुलाई माया गर्ने र पटकपटक खाना खुवाउने पूर्वप्रदेश सांसद तथा नेकपा एकीकृत समाजवादीका नेता डिल्लीप्रसाद उप्रेती, हरिवन उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र व्यवसायी शिवकृष्ण महाजुलाई प्रंशसा पत्रसहित सम्मान गरिएको क्लबले जनाएको छ । 

पूर्व रक्षामन्त्री एवं प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेतीले एक कार्यक्रमका बीच शनिबार उनीहरुलाई सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै उप्रेतीले बाँदरसहित वन्यजन्तु संरक्षण गर्ने कार्यले पर्यावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्न बताए । यस क्रममा उनले कार्यक्रमको महत्त्व नै नबुझी बाँदरलाई आहारा खुवाउनेलाई सम्मान गरेछन् भनेर खिसीट्युरी नगर्नसमेत अनुरोध गरे । 


कार्यक्रममा पूर्वप्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले आफूले अहिलेसम्म बाँदरहरुलाई करिब १ लाख बराबरको आहारा खुवाएको जानकारी दिए । कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानसहित क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो । 

एक वर्षअघि हरिवनमा स्थापना भएको क्लबले विभिन्न रचनात्मक काम गरिरहेको छ । यसबीच क्लबले बागमती नगरपालिकाको धरहरामा रहेको ज्याङछुक छोइलिङ गुम्बामा सरसफाइ गरेको छ । क्लबले नयाँरोडमा यात्रुवाहक सवारीसाधनमा पिउने पानी वितरण पनि गरेको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: