
काठमाडौं । निर्वाचन आयोगले हावाहुरी र पानीले उपनिर्वाचन प्रभावित पार्नसक्ने सम्भावना रहेको भन्दै त्रिपाल वा प्लाटिकको व्यवस्था गर्न निर्देशन दिएको छ । आयोगका उपन्यायाधिवक्ता एंव सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले विज्ञप्ति जारी गर्दै जिल्ला विपद् समिति, स्थानीय तहलगायतलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।
'प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएका सबै मतदानस्थल तथा मतदान केन्द्रहरूमा हावाहुरी र वर्षादको कारण मतदान कार्य प्रभावित हुन सक्ने संभावनालाई मध्यनजर राखी उक्त दिन मतदान कार्य सुचारू रूपले सम्पन्न गर्न तथा निर्वाचन सामग्रीहरू समेतको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारी लगायत आवश्यक पाल/त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न सम्वन्धित जिल्लाका विपद् व्यवस्थापन समिति, निर्वाचन क्षेत्र भित्रका स्थानीयतहहरू तथा सम्वन्धित स्थानीय तहका स्थानीय तह विपद् कार्य सञ्चातलन केन्द्रहरूलाई आयोगको निर्णयानुसार निर्देशन दिइएको छ,' विज्ञप्तिमा भनिएको छ ।
साथै, सोको आवश्यक समन्वय एवम् सहजीकरण गर्न गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलयलाई आग्रह गरिएको छ । वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ क्षेत्र–१ मा उपनिर्वाचन हुँदै छ ।









































































































































































































































































.jpg)















































































































































.jpg)














































































































































































.jpg)



















































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google