भ्रष्टाचारविरुद्ध काम गर्दा सरकारलाई घेराबन्दीमा पारियो : सञ्चारमन्त्री शर्मा

दर्पण दैनिक १३ जेष्ठ २०८०,१४:२४
post

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई चौतर्फी घेराबन्दी भएको बताएकी छन्। भ्रष्टाचारविरुद्ध काम गर्दा घेराबन्दीमा पारिएको उनको आरोप छ । प्रेस सेन्टर नेपालको १९ औँ केन्द्रीय सधारणसभा तथा २१ औँ कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  यस्तो बताएकी हुन् ।

विगतमा हालीमुहाली गरेकाहरूले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै उनले सरकारले गरेका राम्रा कामको व्यवस्थित ढंगले प्रचार प्रसार गर्नुपर्ने बताइन् । सरकारको प्रवक्ता समेत रहेका शर्माले संसद्‌मा सानो संख्यामा भए पनि माओवादी केन्द्र नेतृत्वको सरकारले गुणात्मक ढंगले महत्वपूर्ण काम गरिरहेको दाबी गरिन् । गलत कामको खबरदारी र राम्रा कामलाई पार्टी, प्रचार मोर्चाबाट व्यवस्थित ढंगबाट प्रचार गर्नुपर्नेमा उनले जोड दिइन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९