काठमाडाैं । संघीय संसद्को महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिएका हुन् ।
उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए । गौतमको राजीनामा पछि महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ ।
उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ । पाण्डेय प्रतिनिधिसभा सचिवका रूपमा नियुक्त भई कार्यरत छन्।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google