
काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा धर्मनिरपेक्षता र संघीयताको विषयमा पुनर्विचार गर्नुपर्ने विषय उठेको छ । नेता शंकर भण्डारीले धर्मनिरपेक्षता र संघीयताका विषयमा पुनर्विचार गर्न पर्ने बताएका छन् ।
‘संविधानमा धर्मनिरपेक्षताको कुरा छ । जुन सनातन धर्म मास्न ल्याइएको छ । त्यसलाई संशोधन गर्नुपर्छ,’ उनले भने, ‘संघीयताका विषयमा पनि पुनर्विचार गर्नुपर्छ । निर्वाचन प्रणालीका विषयमा पुनर्विचार गर्नुपर्छ ।’
संविधान दिवस मनाउने विषयमा उनको आपत्ति थियो । ‘विवादास्पद कतिपय विषय उल्लेख भएको संविधानलाई कांग्रेसले दिवस मनाउन सक्छ ? यसमा मेरो घोर असहमति छ,’ उनले भने ।
उनले पार्टीका क्रियाशील सदस्यअनुसार भोट किन आउँदैन भनेर प्रश्न गरे । ‘एउटा साथीले अर्को साथीलाई देख्नै नपरे हुन्थ्यो जस्तो अवस्था आइसक्यो । यसलाई पदाधिकारीले कसरी हेर्नुभएको छ,’ उनले भने, ‘यो समस्या हो कि होइन ? क्रियाशील सदस्य अनुसारको भोट किन आउँदैन ? किन त्यस्तो भइरहेको छैन । समधानको उपाय के हो ?’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)
























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google