
काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन विजयी भएका छन् । गौचनले नेकपा एमालेका इन्द्रधारा विष्टलाई १ हजार ५ सय १ मतान्तरले पराजित गरेका हुन् । उनले ३ हजार ३ सय ७ मत प्राप्त गर्दा विष्टले १ हजार ८ सय ६ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत प्राप्त गरेका छन् । यो नतिजासँगै नेपाली कांग्रेसले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा जितको खाता खोलेको छ । मुस्ताङका थासाङ गाउँपालिका–लेतेका गौचन पर्यटन तथा होटल व्यवसायसँग पनि जोडिएका छन् । यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी यही क्षेत्रबाट विजयी भएका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)












































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google