रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

दर्पण दैनिक १८ बैशाख २०८०,१६:४४
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।

वैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट उनी चितवन–२ बाट निर्वाचित भएका थिए । चुनाव जितेसँगै उनलाई संसदीय दलको नेता बन्ने बाटो  खुलेको थियो । 

नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि उनी संसदीय दलको जिम्मेवारीबाट पनि मुक्त भएका थिए ।

उपनिर्वाचन जितेपछि लामिछानेलाई दलको नेता बनाउन डीपी अर्यालले पद शनिबार छाडेपछि सोमबारको बैठकले लामिछानेलाई दलको नेता चयन गरेको हो ।

यसअघि आजै बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन निर्देशन दिएको थियो ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post