
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेको छ । शनिबार पार्टीको कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा आन्दोलन समित गठन गरेको छ ।
त्यस्तै १३ गते वृहत आन्दोलनको तयारी गरिएको छ । आन्दोलन काठमाडौँ केन्द्रीत हुनेछ भने बिभिन्न जिल्लाहरुमा पनि आन्दोलन गरिनेछ । आगामी आन्दोलनका विषययमा मूल समितिको बैठक चलिरहेको र समितिकाे निर्णयबारे छिट्टै जानकारी गराइने रावलले बताइन् ।
यस्ता छन् केन्द्रीय समितिले गरेका निर्णयहरुः
१. सभातिलाई राजनीतिक प्रतिशोध साँधेर थुन्ने षड्यन्त्र देखिएकाले सरकारसँग प्रतिशोध साँधी रिहाइको माग गर्दछ
२. राजनीतिक प्रतिशोध, भ्रष्टाचार बेथितिविरुद्ध एवम् सहकारी पीडितको ८८ अर्ब फिर्त सहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने
३. आन्दोलन सञ्चालन गर्न उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा सातै प्रदेशका सभापति सहितको आन्दोलन सञ्चालन समिति मूल समित गठन गर्ने । राजनीतिक नागरिक संवादका लाटि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने, सातै प्रदेशमा आन्दोलन सञ्चालन पदीय समिति गठन गर्ने, आवश्यक उपसमितहरु गठन गर्ने अख्तियारी समितिलाई दिने
४. स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई तीन दिनभित्र कार्ययोजन पेश गर्न निर्देशन
५. पार्टीले विषम परिस्थितिबस स्थगन गरेका जिल्ला भेलाहरु सांगठनिक र पार्टी गतिबिधिहरु सूचारु गर्ने


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)





































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google