काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजनको प्रक्रिया १५ दिन भित्र टुङ्गोमा पुर्याउन निर्देशन दिएका छन् । आज बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया नटुङ्गिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै गम्भीर बन्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री दाहालले प्रहरी समायोजनको प्रक्रिया टुङ्गाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।
उनीहरुसँगको छलफलमा दाहालले कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया लम्बिदा प्रदेश सरकारलाई काम गर्न असहज भएको भन्दै समाधान खोज्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्रीले संघीयता कार्यान्वयन हुन नसक्दा संघीयता विरोधीहरूले प्रदेश सरकारमाथि हमला हुन थालेको बताएका थिए । प्रधानमन्त्री दाहालले नेपाल प्रहरी ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुङ्गाउन जोड दिएका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google