गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गोरखा क्षेत्र नं १ का लागि उम्मेदवार चयनबारे छलफल चलिरहँदा सुबर्ण रोक्काको नाम सबैभन्दा उपयुक्त विकल्पका रूपमा अगाडि सारिएको छ । रोक्का गोरखा–१ को सामाजिक, राजनीतिक र सांगठनिक संरचनामा राम्रोसँग भिजिसकेका नेता हुन् । स्थानीय मुद्दा, जनअपेक्षा र क्षेत्रको राजनीतिक मनोविज्ञान बुझ्ने क्षमताका कारण उनीप्रति कार्यकर्ता र समर्थकहरूको विश्वास बढ्दो देखिएको छ ।
पार्टी स्रोतका अनुसार, आन्दोलनबाट खारिएको, पढेलेखेको र नीति–आधारित राजनीतिमा विश्वास गर्ने नेतृत्वलाई अघि सार्नु रास्वपाको दीर्घकालीन रणनीतिसँग मेल खाने भएकाले सुबर्ण रोक्काको उम्मेदवारीलाई प्राथमिकतामा राखिनुपर्ने धारणा बलियो बन्दै गएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार गोरखा–१ जस्तो ऐतिहासिक र सचेत निर्वाचन क्षेत्रमा नयाँ प्रयोगभन्दा पनि परीक्षित र प्रतिबद्ध नेतृत्व आवश्यक हुने स्थानीय नेताहरुको भनाइ छ । एक स्थानीय नेताले सुबर्ण रोक्कालाई उम्मेदवार बनाउनु पार्टीको संगठन सुदृढीकरण र राष्ट्रिय नेतृत्व निर्माणतर्फको सही कदम हुने बताए ।
रास्वपा भित्रैबाट उठेको यो सिफारिसले उम्मेदवार छनोट प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्नेसमेत उनीहरुको दाबी छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google