काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले व्यापारीको सहयोग लिएर पार्टी कार्यालय बनाउने कदम गलत भएको भन्दै सच्याउन आग्रह गरेकी छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि भवनको शिलान्यास गरेका थिए । उक्त भवन भाटभटेनी सुपरस्टोरका मीनबहादुर गुरुङले बनाइदिन लागेका हुन् । भवन शिलान्यासमा गुरुङ दम्पती पनि सहभागी थिए । सत्तारुढ दलकै भवन व्यापारीले बनाइदिन लागेपछि विभिन्न शंका र उपशंका उब्जिएको छ ।
एमाले भित्रै पनि व्यापक आलोचना भइरहेको बेला सोमबार सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले भवन बनाउने कदमले पाँच लाख पार्टी सदस्य २८ लाख मतदाताको अपमान भएको स्पस्ट पारेकी हुन्।
‘साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो’, पाण्डेले लेखेकी छन् ‘दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ । समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ । समयमै सोचौँ ।’
भाटभटेनी अध्यक्ष मीनबहादुर गुरूङले दिएकाे १० रोपनी १४ आना जग्गामा बन्दै एमालेको पार्टी कार्यालय


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google