मेरो पद गए जाओस् पार्टी सुधारको काम गर्छु : गगन थापा

दर्पण दैनिक १५ जेष्ठ २०८०,१३:५६
post

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सुधारका पक्षमा होमिन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । पार्टीलाई बेगका साथ सुधार गर्नुपर्ने उनले बताए ।

‘गलत निर्णय गर्नबाट पार्टीलाई रोक्न सकियो, पार्टीलाई सच्याउन सकियो र पार्टीलाई जनमुखी बनाउन सकियो भने कसैले पनि रोक्न सक्दैन,’ कांग्रेस ललितपुरले आज गरेको कार्यक्रममा थापाले भने, ‘हाम्रो बेगलाई कसैले रोक्न सक्दैन, नयाँ पुराना कोहीसँग डराउन पर्दैन। तर पार्टीमा जहाँ रोग लागेको छ त्यहाँ उपचार गर्नुपर्छ ।’

उनले पार्टीभित्र देखिएका समस्या समाधान गर्ने आँट गर्नुपर्ने बताए । ‘पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ। सबै जना मानिस अब आफ्नो सुविधाको ठाउँबाट बाहिर निस्कनुपर्छ,’ थापाले भने, ‘मेरो पद गए जाओस्, म कांग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे बस्छु । म कांग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दै गर्दा महामन्त्री गए जाओस् । सदस्य मात्रै भएर बस्न परे बसुँ ।’ उनले पार्टीलाई निराशाबाट बाहिर ल्याउनुपर्ने बताए । ‘सबैको साथ चाहिएको छ,’ उनले भने ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९