एमाले सांसदको अडानपछि पर्यटनमन्त्रीले गल्ती स्वीकार गरे

दर्पण दैनिक ३ असार २०८०,१३:५०
post

काठमाडौं । नेकपा (एमाले)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट शीर्षकप्रति नियमापत्ति गरेको छ । प्रदेशहरू सबैको नामकरण भइसक्दा समेत प्रदेश–१ भनेर बजेट शीर्षक उल्लेख गरिएको भन्दै त्यसलाई नसच्याउँदासम्म प्रतिनिधिसभामा छलफल अगाडि बढ्न नसक्ने एमालेले अडान लिएको हो ।

आइतबार संसद् बैठकमा एमालेका सचेतक महेश बर्तौलाले ‘संविधाको धारा १९५ विपरीतको छलफल’ संसद्मा हुन नसक्ने बताए । त्यसपछि सभामुख देवराज घिमिरेले पर्यटनमन्त्री सुदन किराँतीलाई समय दिएका थिए ।

सभामुखले समय दिएपछि रोष्ट्रममा पुगेका मन्त्री किराँतीले कोसी प्रदेश नामकरणअगावै तयार गरिएका शीर्षकहरू भएकाले त्रुटि भएको बताए । त्यसलाई सच्याएर सदन र सांसदहरूको हातमा पुर्‍याउने उनले प्रतिबद्धता जनाए ।

त्यसपछि सभामुखले प्रदेश–१ लाई कोसी प्रदेश नै मानेर छलफल अघि बढाउन प्रस्ताव गरेका थिए । सभामुखको प्रस्तावमा पनि बर्तौलाले आपत्ति जनाएका थिए ।

'संविधानले नचिन्ने कुरालाई कुसको प्रतिमा मानेझैँ मानेर अघि बढ्न मिल्छ ?,' उनले भने, 'सभामुखज्यूको आसनबाट पनि यस्तो प्रस्ताव राख्न सुहाउँदैन, ध्यानाकर्षण होस् । संविधानअनुरूप लिखित रूपमा नआउँदासम्म यो कार्यसूचीबाट हट्नुपर्छ ।'

एमाले सांसदको अडानपछि सभामुख घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षक आजको कार्यसूचीबाट हटाएको जानकारी गराए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: