
काठमाडौं । सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंबाट पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ । पुर्जी जारी हुने २२ मध्ये रविसँगै पूर्वडीआईजी छविलाल बन्जाडे जोशी पनि छन् ।
काठमाडौं महानगरपालिका- १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएपछि छानबिनका क्रममा लामिछाने, जोशी संलग्न गोर्खा मिडिया प्रालिमा रकम प्रवाह भएको पाइएको एसपी अधिकारले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google