चार वटा उजुरी दर्ता भएपनि रवि लामिछानेको उम्मेदवारी कायमै रहने

दर्पण दैनिक २२ चैत्र २०७९,१७:०८
post

चितवन । चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीबिरुद्धका उजुरीमाथि  चितवन निर्वाचन कार्यालयले कारबाही गर्दै उनको उम्मेदवारी कायम रहने निर्णय गरेको छ । निर्वाचन अधिकृतको कार्यालय भरतपुर चितवनका अनुसार उनको उम्मेदवारी कायम भएको हो ।लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत २१ गते चार वटा उजुरी दर्ता भएको थिए । 

तीमध्ये एक उजुरी काठमाडौँबाट युवराज सफलले इमेलमार्फत दर्ता गराएका थिए भने राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरी सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमै पुगेर उजुरी दर्ता गराएका थिए ।

ती उजुरीमाथि कारबाही गर्दै चितवन निर्वाचन कार्यालयले उनको उम्मेदवारी कायमै रहने निर्णय गरेको कार्यालयले जानकारी गराएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९