काठमाडौँ । काठमाडौँमा सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका ३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका १२ की ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन् । पीडितको घरमा भिख माग्ने बहाना बनाई आएका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएको खबरपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान गरिरहेको पनि परिसरका एसपी नवराज अधिकारीले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google