बारा–२ मा उपेन्द्र यादव निर्वाचित, कसकाे कति मत ?

दर्पण दैनिक १३ बैशाख २०८०,०६:०७
post

बारा । बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् ।

अध्यक्ष यादवले निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहालाई ५ हजार ८१ मतान्तरले पराजित गरे । 

मंगलवार राति सकिएको मतगणनाअनुसार यादवले २८ हजार ४१५ मत पाउँदा कुशवाहाले २३ हजार ३३४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मतसहित तेस्रो भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रमेश खरेलले २ हजार ८२९ मत मात्रै पाएका छन् । आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७३८ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।

यसअघि बारा–२ का प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: