
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि मित्रराष्ट्र चीनका नवनियुक्त राजदूत चाङ माउ मिङ्गबीच मंगलबार औपचारिक शिष्टाचार भेटघाट भएको छ । मन्त्री मेहताको कार्यकक्ष स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको उक्त भेटवार्तामा दुई देशबीचको आपसी हित र सहकार्यका विषयमा छलफल भएको हो । भेटघाटका क्रममा दुई देशबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ र प्रगाढ सम्बन्धका विविध आयामबारे चर्चा भएको थियो ।
भेटका क्रममा माननीय मन्त्री मेहताले चीन सरकारले नेपाललाई हरेक सुखदुःखमा पुर्याउँदै आएको सहयोगको उच्च प्रशंसा गरिन् । विशेष गरी स्वास्थ्य क्षेत्रका विभिन्न दूरगामी परियोजनाहरूमा चीनले गरेको सहयोगप्रति आभार प्रकट गर्दै मन्त्री मेहताले भनिन्, - "चीनको प्रशंसनीय र तीव्र विकासबाट नेपालले धेरै कुरा सिक्न सक्छ । आगामी दिनमा हामी चिनियाँ विकासको मोडेल र प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्न इच्छुक छौँ ।"
राजदूत चाङ माउ मिङ्गले नेपालमा बलियो जनादेशसहित गठन भएको वर्तमान सरकारलाई बधाई ज्ञापन गर्दै नयाँ सरकारको कार्यकालमा नेपालले आर्थिक एवं सामाजिक विकासमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गर] । राजदूत मिङ्गले चीन सरकार नेपाल सरकारको प्राथमिकताका क्षेत्रहरूमा हरसम्भव सहयोग गर्न सदैव तयार रहेको उल्लेख गरे ।
छलफलका क्रममा उनले चीनका तर्फबाट प्राकृतिक तथा परम्परागत उपचार पद्धतिमा सहकार्य, स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन र खाद्य सुरक्षा र स्वच्छताका विविध क्षेत्रमा क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोगकाे क्षेत्रमा सहकार्य हुन सक्ने बताए ।
भेटघाटमा मन्त्रालयका उच्च अधिकारीहरू र चिनियाँ दूतावासका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । दुवै पक्षले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउने र मितेरी सम्बन्धलाई अझै मजबुत बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।




























































.jpg)



















.jpg)




























.jpg)






















































































































































































































































































.jpg)













































































































































.jpg)











































































































































































.jpg)















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google