यी हुन् बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

दर्पण दैनिक २२ भाद्र २०८०,१७:३५
post

काठमाडौं । सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले सो निर्णय गरेको बताएकी हुन् । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी शर्माले सरकारले स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृत स्तरका जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको पनि बताइन् । 

 त्यस्तै जनवादी गणतन्त्र चीनको बेइजिङमा मिति २०८० भदौ २६ देखि २९ आयोजना हुने नेपाल—चीन संयुक्त व्यापारको दोस्रो बैठकमा सहभागी हुनका लागि सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने, पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट २०८१ जेठ २८ सम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव मधुप्रसाद भेटुवाल, कार्यकारी निर्देशक प्रशासन पदमा सहसचिव दीपक लामिछाने,कार्यकारी निर्देशक वातावरण पदमा सहसचिव श्रीराम गोपाल खरबुजा र कार्यकारी निर्देशक कानून पदमा सहसचिव इन्दिरा दाहाल भट्टराईलाई खटाउने निर्णय भएको छ । 

यस्तै न्याय सेवा आयोगको सिफारिसमा सहसचिव फडेन्द्र गौतमलाई न्याय सेवाको राजप्रतात्राकित विशिष्ट श्रेणिमा बढुवा गरी सत्य निरुपन तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव उदयबहादुर राज सापकोटालाई कानून न्याय र संसदीय मन्त्रालयको सचिव पदमा, नेपाल कानून आयोगका सचिव लिलादेवी गड्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिव पदमा र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानून आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय  पनि भएको छ । 

त्यस्तै खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाहरुमा आर्थिक वर्ष २०८०/८१का लागि अधिकृत स्तरका २३९ अस्थायी दरबन्दी स्वीकृत गर्ने, भौतिक मन्त्रालयको प्रस्तावमा चिनको बेजिङमा आगामी असोज ८ देखि ९ सम्म आयोजना हुने ग्लोवल सस्टेनेवल ट्रान्सपोट फोरम २०२३ विषयक कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्री नन्द चापाईंलाई सहभागि हुन स्वीकृति दिने निर्णय भएको छ । त्यस्तै सरकारले माथिल्लो दरौदी सि साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न गोरखा जिल्लाको राष्ट्रिय वन क्षेत्रको कूलजम्मा ४.९२४ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत आयोजनाहरूको लागि आ.व. २०८०/०८१ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन् । 

प्रवक्ता शर्माले सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत आयोजनाहरूको लागि आ.व. २०८०/०८१ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने, सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० सङ्घीय संसदमा विधेयक पेस गर्ने, संघीय मामिला तथा सामान्य निजामती सेवा दिवस, २०८० को अवसरमा निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको बताइन् । 

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: