
काठमाडौँ । काठमाडौँको एक सुनचाँदी पसलमा लुट्न आएका व्यक्तिको प्रतिकार गरेर चर्चामा आएकी सञ्जिता शाक्यलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सम्मान गरेका छन् । काठमाडौँ महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दिउँसो २ जना व्यक्तिहरूले पेस्तोल देखाई लुटपाट गर्ने प्रयास गरेका थिए ।
उनीहरू विरूद्ध प्रतिकार गर्दै ज्वेलर्समा कार्यरत सञ्जिताले लुटपाट हुनबाट जोगाएकी थिइन् ।
काठमाडौँ महानगरपालिका–२२ वटु बस्ने सञ्जिताको साहसिक कार्यको सम्मान गर्दै आईजीपी कार्कीले कदर पत्र प्रदान गरी सम्मान गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रममा आईजीपी कार्कीले त्यस्तो विषम् परिस्थितिमा समेत सञ्जिता शाक्यले देखाएको अदम्य साहस, चेतना र जिम्मेवारीबोधको प्रशंसा गरे ।
सभ्य र सुरक्षित समाज निर्माण तथा अपराधको सफल अनुसन्धानमा प्रहरी र नागरिकको साझेदारीपूर्ण भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समेत नागरिकसँग आवश्यक सहकार्य गर्दै प्रविधिको प्रयोगलाई समेत उच्च प्राथमिकतामा राखी कार्य गर्दै जानुपर्ने बताए ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सम्मानित व्यक्ति सञ्जिता शाक्यले घटनाको बारेमा आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गरेकी थिइन् ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)






























































































































































































































































































.jpg)












































































































































.jpg)

























































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google