हेटौडा । बागमती प्रदेश सभा सदस्य, पूर्वमन्त्री एवंम कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले बागमती प्रदेश सरकारमा रहेका केही मन्त्रीहरु निकै गैरजिम्मेवार भएको आरोप लगाएका छन् । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन बजेट माथिको छलफलमा भाग लिंदै लामाले प्रदेशका केही मन्त्रीहरुले आफ्नो दायित्व नै विर्सिएको बताएका हुन् । उनले भने, ‘बागमती प्रदेश सरकारमा रहेका मन्त्रीहरुले आफ्नो जिम्मेवारी तथा दायित्व बिर्सिएका छन् । प्रदेश सभामा बजेटमाथिको छलफल चल्दासमेत हराउने गरेका छन् । आम बागमती प्रदेशका जनताले आशा र भरोसाका साथ हेरेका मन्त्रीहरु गैर जिम्मेवार भएको पाइएको छ, म सभामुख ज्युमार्फत मन्त्रीहरुका ध्यानाकर्षण गराउन चाहन्छु ।’
मन्त्रीहरुलाई जति फोन गर्दा नउठाउने र भेट्न पनि नखोज्ने गरेको उनले आरोप लगाए । उनले भने, ‘आफूमात्र निर्वाचित प्रतिनिधि हो भने जसरी उहाँहरु लाग्नु भएको छ । मन्त्रीहरुले आफ्नो टोल र निर्वाचन क्षेत्र भन्दा अन्य क्षेत्र देखेनन् । म स्मरण गराउन चाहन्छु बागमती प्रदेशका सबै माननीय ज्युहरुको उत्तिकै स्थान छ, सबै जना जनताबाट निर्वाचित भएर आउनु भएको हो ।’ मन्त्रीहरुले बजेटमा मनोमानी गरेको बताउँदै उनले आफूलाई मात्र जनप्रतिनिधि नठान्न चेतावनी समेत दिए ।
साथै लामाले बागमती प्रदेशका अर्थमन्त्रीले अर्थ विद्येयक शिर्षकमा ४ अर्व ६६ करोड राखेकामा जवाफ माग गरे । उनले वित्तिय व्यवस्थापनमा राखएिको १ अर्ब ५० करोड रकमको औचित्य प्रस्ट पार्न माग गरे । सांसद लामाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बजेटमा विभेद भएको बताए । उनले बजेट वितरणमुखी भएको भन्दै परिणममुखि बनाउन माग गरे ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google