कम्युनिष्ट एकताका लागि हामी बाधक बन्दैनाैं : अध्यक्ष नेपाल

दर्पण दैनिक १० चैत्र २०८०,०९:३४
post

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट एकताका लागि बाधक नबन्ने बताएका छन् । उपत्यका विशेष प्रदेश कमिटीद्वारा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा उनले अहिले कम्युनिष्ट एकताका लागि विभिन्न कम्युनिष्ट पार्टीबीच चरणबद्ध छलफल चलिरहेको बताउँदै कम्युनिष्ट सिद्धान्त र आदर्शलाई छोडेर एकता गर्न नहुनेमा आफूहरु प्रतिबद्ध रहेको प्रष्ट पारे । 

कम्युनिष्ट शक्तिहरु एकीकृत हुनुपर्नेमा अधिकांश कम्युनिष्ट विचारका दलहरु सहमत रहेको बताउँदै उनले भने, 'हामीसँग कुन ढङ्गको व्यवहार हुन्छ त्यसमा भर पर्छ, हामी छलफल गर्दै जानेछौँ ।' पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिष्ट आदर्शलाई मार्गदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने सबै दललाई मिलाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले मुलुकको बृहत्तर हितका साथै जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबै कम्युनिष्टलाई गोलबद्ध गराएर राष्ट्र निर्माण  गर्नुपर्नेमा जोड दिँदै त्यसको लागि विभिन्न रूपमा छरिएका कम्युनिष्टलाई मिलाएर बलियो  पार्टी निर्माण गर्नुपर्ने खाँचो औँल्याए । 

अध्यक्ष नेपालले मुलुकमा जनताको सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिका रूपमा प्राप्त वर्तमान राजनीतिक प्रणाली समाप्त पार्न केही समूह क्रियाशील रहेकाले संविधान, गणतन्त्र र सङ्घीयताको रक्षा गर्न प्रजातान्त्रिक शक्तिसँग पनि सहकार्य जरुरी रहेको विचार व्यक्त गरे।  निर्धारित समयमै पार्टीको महाधिवेशन सम्पन्न हुने जानकारी दिँदै उनले सङ्गठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: