यी हुन् रास्वपा केन्द्रीय समिति बैठकका पाँच निर्णय

दर्पण दैनिक ४ माघ २०८०,०९:२१
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले २७ विकास आयोजनाको पैदल यात्रा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा अबेर रातिसम्म बसेको केन्द्रीय समितिको बैठकले अलपत्र रहेका विकास आयोजनामा पैदल यात्रा गर्ने कार्यक्रमको ढाँचा र मिति तय गर्न ६ सदस्यीय कार्यदल बनाएको छ । जसमा श्रीराम न्यौपाने, विपिनकुमार आचार्य, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटवाल र खुस्बुसरकार श्रेष्ठ रहेका छन् ।

रास्वपाले दबाब यात्रालाई ‘मिसन—८०’ बताउँदै पुस ९, १० र ११ गते नारायणगढ—बुटवल सडक खण्डमा पैदल हिँडेको थियो ।  अब हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गअन्तर्गतका केही हिस्सादेखि कालिगण्डकी करिडोर, अलपत्र अवस्थामा रहेको कमला पुल, काठमाडौं तिनकुनेको बागमती पुल, ग्वार्को फ्लाइओभरदेखि धरहरासम्म निर्माण छिटो सक्न दबाब यात्रा गर्ने भएको छ ।

त्यस्तै बुधबार बसेको केन्द्रीय कमिटी बैठकले प्रभात अधिकारीलाई नव प्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा नियुक्त गरेको छ । बैठकले पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरूको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पारित गरेको पार्टीका महामन्त्री मुकुल ढकालले बताएको छन् ।

केन्द्रीय विभागहरूलाई आफ्नो नियमित जिम्मेवारीसहित प्राथमिकतामा सम्पादन गर्नुपर्ने काम तोकिएको पनि ढकालले बताए । रास्वपाको अर्थ नीति विभागले सहकारी र लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न नीतिगत उपाय र योजनाबारे सुभाव दिने भएको छ । बुधबारको बैठकका प्रारम्भिक प्रतिवेदनका मुख्य बुँदाहरू उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले जानकारी गराएको ढकालले बताए । समितिलाई माघ १५ सम्म पूर्ण प्रतिवेदन तयार गरी पीडितको पक्षमा तुरून्तै र आउँदो संसद अधिवेशनमा रास्वपाले जोडदार आवाज उठाउने निर्णय गरेको पनि उनले बताए ।

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: